बलीउड अभिनेत्री करीना कपूर सोनी बीबसी अर्थ च्यानलकी ब्राण्ड एम्बेसडर बनेकी छिन् । यो च्यानलको लञ्चिंगमा करीना पुगेकी थिइन । उक्त इभेन्टमा उनी स्लिवर कलरको डीप नेक ड्रेसमा देखिएकी थिइन । उनी यो ड्रेसमा निकै हट देखिएकी थिइन तर उनी आफ्नो ड्रेसको डीप नेकका कारण निकै तनाबमा देखिएकी थिइन । उनी आफ्नो ड्रेसलाई पटक पटक माथी तान्दै गरेका तश्वीरहरु मिडियाका क्यामेरामा कैद भएका छन्, जुन तश्वीरहरु अहिले खुबै भाइरल बनिरहेका छन् ।
यस दौरान करीनाले बताइन कि जब उनी सोनी बीसीसी अर्थ च्यानलको प्रोमो र फोटोसुट गरिरहेकी थिइन तब उनी चार महिनाको गर्भवती थिइन ।
करीनाले भनिन्, ‘म चाहन्छु कि छोरा तैमूर पनि यो च्यानल देखोस् । करीनाले एक अर्को प्रश्नको उत्तर दिँदै भनिन्, ‘कुनै राम्रो स्क्रिप्ट मिलेको खण्डमा पति सैफसँग म फिल्ममा काम गर्न तयार छु ।’