चैत १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको रेखा थापा स्टारर मूभी ‘पलाँस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका तीन कलाकार रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया फिचरिङ छन् । ट्रेलरबाट यो के स्पष्ट हुन्छ भने चलचित्र ‘पलाँस’ मा नायिका रेखा थापा शिक्षिकाबाट कसरी यौनकर्मी बन्छिन् भन्ने देखाउन खोजिनेछ । चलचित्रमा रेखा ‘सम्झना’ र अयुव ‘कृष्ण’ को भूमिकामा छन् भने कामेश्वरको भिलेन अवतार ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरमा रेखा र अयुवको प्रेमसँगै तड्पाईलाई पनि देखाउन खोजिएको छ ।
यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन, अर्जुन पोख्रेलको संगीत छ ।