फिल्म ‘थ्री इडियट्स’ मा चतूर रामलिंघमको भूमिका निर्वाह गरेर दर्शकहरुको मन जितेका ओमी वैद्य अहिले बलीउड फिल्मबाट टाढा छन् । ‘थ्री इडियट्स’ पछि ओमी दिल तो बच्चा है जी, देसी बाय्ज, प्लेयर्स र जोडी ब्रेकरमा उनी देखिएका थिए । तर, थ्री इडियट्सबाट जति सफलता उनले आफ्नो पोल्टामा पारे ति बाहेकका फिल्मले उनलाई सफलताको सिढी चढ्न सहयोग गरेन ।
पीटीआईका अनुसार फिल्म थ्री इडियट्सबाट रातारात हिट भएपछि ओमीले कुनै पनि चुनौतीपूर्ण काम नै गर्न पाएनन्, जस कारण नै हो अहिले उनी बलीउडबाट टाढै छन् । उनलाई बलीउड फिल्म गर्न मन लाग्छ तर उनलाई चुनौतीपूर्ण भूमिका अहिलेसम्म मिलेको छैन । ओमीले भने,’ ‘थ्री इडियट्स’ मा मेरो भूमिकाबाट मलाई मिलेको पहिचानका लागि कृतज्ञ छु, किनकी धेरै व्यक्तिहरु जिन्दगीमा यस्तो लोकप्रियता हासिल गर्न सक्छन् । मैले यो पेशा यस कारण चुनेको थिए कि म यहाँ केही फरक गर्न सकुँ । ‘थ्री इडियट्स’ मेरो लागि चुनौतिपूर्ण थियो किनकी मलाई भाषाको ज्ञान थिएन र मेरो संस्कार पनि भारतमा भएको थिएन । ’