नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजलाई लक्षित गर्दै ‘यता नि फिट, उता नि फिट, मेरी मायालु ट्वीटरमा हिट’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय फेसबुक र ट्वीटर चलाउने बानीले गर्दा बैबाहिक सम्बन्धमा कस्तो असर गर्छ भन्ने कथा पेश गरेको गीतलाई पत्रकार द्धय सोबिता रिसाल र राजन रुचालले गाएका छन् । रिसाल र रुचालको शब्दमा रहेको गीतमा संगिता रसाईली र असोक दुवाडीले अभिनय गरेका छन् । गीतमा बिनोद बाजुरालीको संगित छ भने राजन रुचालेको लय रहेको छ ।