बलीउड अभिनेत्री प्रियंका चोपडा जब अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’ मा जोडिइन्, तब उनले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो फरक पहिचान बनाइसकेकी छिन् र उनको लोकप्रियता पनि ह्वात्तै बढिरहेको छ । खबरका अनुसार चाँडै ‘क्वान्टिको सीजन २’ सुरु हुँदैछ, जसलाई लिएर अहिले उनको क्यारेक्टरको विषयमा धेरै खबरहरु बाहिर आइरहेका छन् । उनी एक पटक फेरी एलेक्स पैरिशको भुमिकामा देखिँदैछिन् ।
प्रियंकाले गएको हप्ता ‘क्वान्टिको सीजन २’ को तस्बिर रिलिज गर्दा केही रहस्य पनि खुलेको थियो । यस सीजनको केही तस्बिरहरु हालै सार्वजनिक भएका छन्, जसमा प्रियंकाको जोश एकदमै स्पष्ट देखिएको छ । नयाँ सिजनमा उनी सीआइए एजेन्टको भुमिका निभाउने छिन् र यस पटक उनी जुन मिशनमा निक्लन्छिन् त्यो सजिलो काम भने हुने छैन । पछिल्लो सिजनमा उनी एफबीआइ एजेन्ट बनेकी थिइन, जसमा उनलाई एजेन्सीबाट निकालिएको थियो ।