राम गोपाल वर्मा प्राय विवादको घेरामा नै रहन्छन. । हालैमा महिला दिवसको अवसरमा उनले सनी लियोनीलाई लिएर विवादित ट्विट गरेपछि माफी पनि मागे । योभन्दा पहिला बलीउड अभिनेता टाइगर श्राफको जन्मदिनमा उनले टाइगरलाई लिएर निकै आपत्तिजनक ट्विट गरेका थिए । उनले भनेका थिए कि, ‘टाइगर ब्रुस ली जस्तो बन्ने कोशिश गर्छन जबकी उनी गे जस्तो देखिन्छन् ।’ यस बारेमा टाइगरका पिता तथा बलीउड अभिनेता ज्याकी श्राफसँग भारतीय मिडियाहरुले प्रश्न सोधेका थिए तर उनले यस विषयमा कुनै जबाफ दिएनन् किनकी ज्याकी श्राफ राम गोपाल वर्माको ‘सरकार ३’ मा पनि छन् ।
पछि उनले भने कि, ‘रामूले सोचेर मात्र बोल्नु पर्थ्यो किनकी उनी बच्चा होइनन् ।’ साथमा उनले यो पनि भने कि, ‘उनले टाइगरको विषयमा बोलेका हुन र म यस विषयमा बोल्न चाहन्न् । टाइगरका लागि म लडाई गर्न जाँदिन ।’
टाइगर श्राफसँग पनि यस विषयमा प्रश्न गरिएको थियो तब उनले निकै इज्जतको साथ उत्तर दिए, ‘उहाँ सीनियर डायरेक्टर हुनुहुन्छ र त्यो उहाँको आफ्नो ओपिनियन हो । म यस विषयमा केही बोल्न चाहन्न् ।’