अर्को बर्षका लागि अहिलेदेखी नै प्रतिक्षित मानिएका धेरै चलचित्रहरुले आफ्नो रिलिज डेट फाइनल गरिसकेका छन् । यो भिडमा अनमोल केसीसँग टक्कर गर्न ‘गाजलु’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ अभिनित चलचित्र ‘रोमियो एण्ड मुना’ तयार भएको छ । श्रृष्टीले ‘गाजलु’ मा अनमोलको अपोटिजमा काम गरेकी थिइन् । अब उनै अनमोलसँग लडाई गर्न श्रृष्टी तयार भएकी हुन । हाल छायाँकनरत चलचित्र ‘रोमियो एण्ड मुना’ का निर्माता र कलाकार विनय श्रेष्ठले आफ्नो फेसबुकमा श्रृष्टी र आफ्नो एक तश्वीर शेयर गर्दै चलचित्र भदौ ९ गतेबाट हलमा लाग्ने जानकारी दिएका छन् । तपाईहरुलाई बताइदिउँ कि यसको एक दिन अगाडी अनमोल केसी अभिनित चलचित्र ‘कृ’ हलमा लाग्ने पक्का भइसकेको छ ।
श्रृष्टी र अनमोलको पकड मल्टिप्लेक्समा राम्रो भएका कारण भदौ ९ गतेबाट ‘कृ” र ‘रोमियो एण्ड मुना’ को लडाई गज्जबकै हुने अनुमान यतिबेला देखीनै लगाउन सुरु भइसकेको छ । अनमोल केसीको चलचित्रसँग आफ्नो चलचित्र भिडाउन तयार भएका विनयले आफ्नो पक्षमा दर्शक कत्तिसम्म तान्न सक्लान् त्यो भने भदौ ९ गतेपछि नै थाहा हुनेछ । चलचित्र ‘कृ’ मा अनमोल केसीले नव नायिका आदिती बुढाथोकीसँग रोमान्स गर्दैछन् भने ‘रोमियो एण्ड मुना’ मा विनय र श्रष्टीको जोडी बाँधिएको छ ।