 यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ सार्वजनिक ट्रेलरबाटै प्रतिक्षित बनिरहेको छ । बजारमा यो पनि हल्ला चलिरहेको छ कि ‘लप्पन छप्पन’ ‘लुट ३’ हो, किनकी ‘लुट’ का दुई मुख्य कलाकार दया र सौगात यो चलचित्रका लीड कलाकार हुन । ‘लुट २’ ले दर्शकहरुको चाहना पूरा गर्न नसकिरहेको गुनासो चौतर्फी आइरहँदा यति बेला दर्शकहरुको नजर ‘लप्पन छप्पन’ मा पर्नुले पनि बजारमा यस्ता खाल्का हल्लाहरु फैलिएको हो । तर, यो कुरालाई ‘लप्पन छप्पन’ यूनिट नकार्दै आइरहेको छ ।

नायक निखिल उप्रेती स्टारर मूभी ‘निर्भय’ सँग एकसाथ हलमा लाग्न लागेको चलचित्र ‘लप्पन छप्पन’ एउटा पैसाको पछाडी दौडिएको नेपाली पन र हाई लेवलको हाई टेक्नोलोजी प्रयोग गरिएको सिनेमा रहेको चलचित्रका निर्देशक मुकुन्द भट्ट बताउँछन् । बुधवार राजधानीमा पत्रकारहरुसँग भेटघाट गर्दै भट्टले भने, ‘बजारमा यो पनि हल्ला चलेको रहेछ कि चलचित्र ‘लप्पन छप्पन’ ‘लुट ३’ हो । यो हल्ला मात्र हो । ‘लुट २’ भिन्नै चलचित्र हो र ‘लप्पन छप्पन’ विल्कुलै फरक छ । हो, ‘लुट २’ पनि पैसाको पछाडी दौडिएको सिनेमा थियो भने ‘लप्पन छप्पन’ पनि पैसाकै पछाडी दौडिएको छ तर कथावस्तु विल्कुनै फरक छ र कलाकारहरुको भूमिका पनि फरक छ ।’
त्यस्तै, चलचित्रका मुख्य कलाकार अर्पण थापाले आफु चलचित्रमा धेरै पैसा कमाउने इच्छा बोकेको यूवकको भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘चलचित्रमा मलाई पैसा कमाउने मात्र होइन धेरै पैसा कमाउने इच्छा छ ।’
चलचित्रकी नायिका बर्षा सिवाकोटीले चलचित्र ‘लप्पन छप्पन’ ग्यांगस्टार मूभी भएका कारण आफु अन्य चलचित्रमा साडी लगाएर हिरोसँग नाचेको जस्तो भूमिका यो चलचित्रमा नभएको बताइन् । उनी भन्छिन्, ‘म पनि पैसाकै पछाडी दौडिने एक यूवतीको भूमिकामा प्रस्तुत भएकी छु ।’
स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियममा छायांकन गरिएको यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, सिड खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्ट लगायतका कलाकारको अभिनय छ ।
चलचित्रका अर्का लीड कलाकार सिड खरेलले पहिलो चलचित्रमै स्टार कलाकारहरुसँग काम गर्ने मौका पाउँदा निकै खुशी महशुस गरेको बताए । उनको यो डेब्यू चलचित्र हो ।
पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन, दीपक आरजेको संगीत छ । यो चलचित्रका डम्बर बहादुर चन्द निर्माता, इन्द्रप्रसाद खरेल सह-निर्माता र सहदेव गौतम कार्यकारी निर्माता हुन ।
तश्वीर : नविन गिरी