सलमान खान सबैभन्दा बढी ट्याक्स भर्ने अभिनेता सावित भएका छन् । एक लीडिंग न्यूज वेबसाइटले १५ मार्च २०१७ सम्म बलीउड स्टार्सले जम्मा गराएको एडभान्स ट्याक्सको डाटाको लिस्ट शेयर गरेको छ । यो लिस्टका अनुसार, सलमान खानले ४४.५ करोड रुपैयाँ ट्याक्सको रुपमा बुझाएका छन् । यसबाट स्पष्ट हुन्छ कि गएको बर्षको तुलनामा सलमानको कमाईमा ४४ प्रतिशत वृद्धि भएको छ । फाइनेशिन्यल ईयर २०१५ र २०१६ मा उनले ३२.२ करोड एडभान्स ट्याक्सको रुपमा बुझाएका छन् ।
कमेडियन कपिल शर्माले भरेको ट्याक्स विवरण सबैभन्दा चकित बनाउने खाल्को छ । उनले २०१६ र २०१७ मा २३.९ करोड एडभान्स ट्याक्सको रुपमा बुझाएका छन् । जबकी गएको बर्ष फाइनेन्शियल ईयरमा उनले ७ करोड एडभान्स ट्याक्स बुझाएका थिए । यसबाट के स्पष्ट हुन्छ भने उनको आम्दानी ३४१ प्रतिशतले वृद्धि भएको छ । ट्याक्स भर्ने मामलामा कपिलले आमिर खान, रणबीर कपूरसम्मलाई पछाडी पारिदिएका छन् ।