बलीउडकी सेन्सेशनल एक्ट्रेस तथा प्लेब्याक ‘बनी’ को नामले चर्चित केटी मिर्जाको ६७ बर्षको उमेरमा निधन भएको छ । गएको हप्ता उनको लण्डनस्थित आफ्नो निजी निवासमा निधन भएको भारतीय मिडियाहरुले बताएका छन् । केटीले अमिताभ बच्चन-राखी गुलजार स्टारर फिल्म ‘कसमें वादे’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यसका अलवा उनी त्यस बेला कन्ट्रोवर्सीमा पनि आएकी थिइन्, जब उनले सर्जरी गरेर आफ्नो स्तनको साइज १० इन्च कम गरेकी थिइन ।
कतिया (केटी) मिर्जाको जन्म एडीन (यमन) मा भएको थियो । उनका पिता पिता इनकम ट्याक्स कमिश्नर थिए । १९६० मा उनको परिवार यूके शिफ्ट भयो । केटीले ग्राफिक्स डिजाइनिंगको कोर्स पनि गरेकी छिन् । यसैबीचमा उनले १७ बर्षको उमेरमा मोडलिंग गर्ने मौका पाइन् । लण्डन हिल्टन नामक होटलमा केटी रिसेप्शनिस्टको रुपमा काम गर्थिन । तब प्लेब्वाय क्लबका एक कर्मचारीलाई उनले देखेर एक अडिसन दिएपछि १९७३ मा प्लेब्वाय ‘बनी’ को नामबाट चर्चित बनिन् ।