पूर्व मिस नेपाल तथा यस बर्ष रिलिज भएको अनमोल केसी स्टारर चलचित्र ‘गाजलु’ मा मुख्य भूमिका निर्वाहा गरेकी श्रृष्टी श्रेष्ठले आफ्नो नाम परिवर्तन गरेकी छिन् । तर रिल लाइफमा । हाल छायाँकनरत चलचित्र ‘रोमियो एण्ड मुना’ मा व्यस्त श्रृष्टीले आफ्नो लुक्ससँगै चलचित्रमा आफुले निर्वाहा गरेको चरित्रको नाम सार्वजनिक गरेकी छन् । इन्स्टाग्राममा एक तश्वीर शेयर गर्दै श्रष्टीले आफ्नो नाम चलचित्र ‘रोमियो एण्ड मुना’ मा मुना बस्नेत रहेको उल्लेख गरेकी छन् । चलचित्रमा श्रृष्टीको रोमियो भने नायक विनय श्रेष्ठ हुन । अर्को बर्षको भदौ ८ गते नायक अनमोल केसी स्टारर मूभी ‘कृ’ सँग साथ रिलिज हुन लागेको यो चलचित्रमा मुना एक गाउँको साधारण यूवतीको भूमिकामा देखिँदैछिन्, जुन हामीले प्रकाशन गरेको तश्वीरबाट पनि अनुमान लगाउन सकिन्छ । यो चलचित्रलाई नायक विनय श्रेष्ठ आफैले निर्माण गरेका हुन भने निर्देशन नरेश कुमार केसीको रहेको छ ।
भिडन्त अनमोलसँग
‘गाजलु’ रिलिजपछि दर्शकहरुले विशेष नोटिश गर्ने नायिकामा परेकी श्रृष्टीको यो चलचित्रको पखाई यतिबेला खुबै भैरहेको छ । तर, अनमोलसँग अर्को बर्ष एकसाथ घम्सा-घम्सी गर्न लागेकी श्रृष्टीको ‘रोमियो एण्ड मुना’ ‘गाजलु’ जस्तै सक्सेस होला वा नहोला, त्यसतर्फ पनि अहिले सबैको ध्यान मोडिएको छ । आफ्नै डेब्यू हिरोसँग लडाई गर्नु श्रृष्टीका लागि सोचे जस्तो सजिलो छैन । अनमोलको स्टारडमको अगाडी आफ्नो स्टारडम कति बलियो छ भन्ने कुरा श्रृष्टी आफैलाई पनि थाहा छ तर चलचित्रका नायक तथा निर्माता विनय श्रेष्ठले ‘रोमियो एण्ड मुना’ को रिलिज डेट अर्को बर्षको भदौ ९ गतेलाई लक गरिसकेका छन् । यसको एकदिन अगाडी अनमोलको ‘कृ’ हलमा लाग्दैछ । एकदिन अघि अनमोल र एकदिन पछि श्रृष्टीको हलमा हुन लागेको इन्ट्रीको पूर्वअनुमान यतिबेला देखी नै लगाउन सुरु भइसकेको छ । अब जित कसको पोल्टामा पर्छ त्यो त रिलिजपछि नै थाहा हुनेछ ।