अर्को हप्ताको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अपरिचित’ मा दर्शकहरुले साउथ इण्डियन फाइट हेर्न पाउने निर्माणपक्षले जानकारी दिएको छ । राजधानीमा शुक्रबार पत्रकार भेटघाटको क्रममा चलचित्रका निर्देशक रुपेश थिङले चलचित्र ‘अपरिचित’ एक्सन प्रधान रहेको बताए । उनले भने, ‘चलचित्रले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिन्छ । हामीले चलचित्रमा साउथ इण्डियन फाइटसँगै लभस्टोरीलाई पनि उतिक्कै सशक्त ढंगबाट प्रस्तुत गर्न खोजेका छौं ।’
तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि चलचित्रबाट नेपाली चलचित्र निर्देशनमा डेब्यू गरेका हुन । यसअघि उनले तमाङ चलचित्र ‘पर्खाल’, ‘कर्म’ निर्देशन गरेका थिए ।त्यस्तै, चलचित्रका नायक प्रज्वल गिरीले चलचित्र ‘अपरिचित’ ले आफुलाई दर्शकमाझ परिचित गराउने विश्वास व्यक्त गरे । उनका अनुसार, चलचित्रमा दर्शकहरुले खेजेका सबै खुराक छन् । जुना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘अपरिचित’ मा प्रज्वल गिरीका अलवा ध्रुव कोईराला, सारीका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष बर्देवा लगायतको मूख्य भुमिका रहेको छ ।
चलचित्र ‘अपरिचित’ का निर्मातामा मिलन लामा र जविन्द्र सुब्बा रहेका छन् भने कार्यकारी निर्माता अमृत थिङ हुन् । एक्शन लभ स्टोरी जनराको चलचित्र अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्धन्द, सागर परियारको संगीत, प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ ।