२०७४ बैशाख १ गतेबाट देशव्यापी प्रदर्शनमा उत्रिन लागेको निखिल उप्रेती र प्रियंका कार्की स्टारर मूभी ‘राधे’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको प्रचार-प्रसारलाई आक्रामक बनाउने क्रममा निर्माणपक्षले ‘राधे’ को दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा ‘राधे’ उर्फ निखिल उप्रेतीलाई सोझो नागरिकदेखी ‘प्रिया’ उर्फ प्रियंका कार्कीसँग रोमान्स गरेको देख्न सकिन्छ । निखिललाई ‘राधे’ को दोस्रो ट्रेलरमा फरक-फरक अवतारमा देखाइएको छ । निखिल, प्रियंकासँगै ट्रेलरमा नायिका अशिष्मा नकर्मी, सलोन बस्नेत, प्रमोद अग्रहरी, शिशिर भण्डारी लागायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ ।
जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राधे’ मा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् ।