हलीउड गायिका सेलेना गोम्जले यो कुरालाई विशेष ध्यान दिँदै भनेकी छिन् कि महिलाहरु सोसल मिडियाको दवाबबाट टाढा रहनु पर्छ । २४ बर्षकी सिंगर हालैमा महिलाहरुको एक समूहसँग भेट गरिन्, जो एक संस्थानसँग जोडिएको छ । सोहि अवसरमा सेलेनाले भनिन्, ‘महिलाहरुको मूल्य सोसल मिडियाको कमेन्ट भन्दा निकै बढी हुन्छ । सम्बन्धित संस्थान सलाहकारको माध्यमबाट पिछडिएको समाजका महिलाहरुलाई उनको क्षमताको महशुस गराऔं, जसबाट महिलाहरु अब आउने समयमा जीवनलाई राम्रोसँग जिउन सकुँन ।’
जब गोम्जसँग सोधियो कि उनले महिलाहरुसँग किन भेट गरिन् ? तब उनले भनिन्, ‘यसले मलाई याद दिलाउँछ कि म के गर्छु र किन गर्छु । यी यूवतीहरु मलाई हरेकदिन प्रेरित गर्छन । उनीहरुसँग भेट गरेपछि मैले आफ्नो जिन्दगीको ति हिस्साको बारेमा जाने, जुन मैले अहिलेसम्म महशुस समेत गरेकी थिइनँ ।’
योसँगै उनले अगाडी थपिन्, ‘म यो विश्वास गर्छु कि यो सबै आफै जानुन र सम्झिउन कि उनको मूल्य इन्स्टाग्राममा मिल्ने लाइक्स वा अन्य कुनै सोसल मिडियमा लेखिने कमेन्ट भन्दा बढी छ ।’