बैशाख १ गतेलाई रिलिज डेट लक गरेको प्रतिक्षित चलचित्र ‘लभ लभ लभ’ यसबेला विभिन्न कारणले चर्चामा छ । ट्रेलर र गीतमा देखिएको उच्च मेकिङले पनि पखाईमा छ ‘लभ लभ लभ’ । अझ, निर्देशक दीपेन्द्र के. खनाल आफैमा एक ब्राण्ड भएका कारण उनका प्रत्येक चलचित्रको प्रतिक्षा हुन्छ दर्शकहरुलाई । पहिलो पटक चोखो लभस्टोरीमा चलचित्र ‘लभ लभ लभ’ निर्देशन गरेका दीपेन्द्रले आफ्नो यो चलचित्रमा दर्शकहरुले फरक टेस्टको लभस्टोरी स्वाद चाख्न पाउने दाबी गर्छन । उनी भन्छन्, ‘लभ स्टोरी भन्दैमा यो जनराका आम चलचित्रकै लाईनमा ‘लभ लभ लभ’ लाई म लिन्न, मेरो चलचित्रले पछिल्लो समय मौलाउँदो फास्टफुड लभ भन्दा माथीको कथा बोल्छ ।’
उनका अनुसार, चलचित्र ‘लभ लभ लभ’ ले पछिल्लो पुस्तामा फास्टफुड शैलीको प्रेम फस्टाउँदै गएपनि आदर्श प्रेम नमरिसकेकोले सच्चा अनि गहिरो प्रेम गर्नेहरु पनि छन् भन्ने कुरा देखाउँछ । नयाँ बर्षमा आफ्नो उपहार ‘लभ लभ लभ’ टिकट काटेर हेर्ने दर्शकहरुलाई निराश नबनाउने निर्देशक खनालको दाबी छ । अमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको यो चलचित्रमा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । सुरजको यो डेब्यू चलचित्र हो ।