फिल्मकार एस.एस राजामौलीले ‘बाहुबली’ को किताब बजारमा ल्याएपछि अब यसलाई छोटो पर्दामा पनि ल्याउने योजना बनाएका छन् । राजामौलीले ब्लकबस्टर फिल्म ‘बाहुबली’ मा आधारित भएर एक किताब ‘द राइज अफ शिवगामी’ को लञ्चको अवसरमा भने, ‘मेरो योजना अब टेलिभिजन सिरियल बनाउने छ । तर, यो डेली सोप हुनेछैन । मेरो योजना १० देखी १३ एपिसोडवाला सिजन बनाउने छ ।’ ‘द राइज अफ शिवगामी’ का लेखक आनन्द नीलकान्तन हुन, जसले रामायण र महाभारत जस्ता भारतीय महाकाव्य को आधारमा किताब लेखेका छन् ।
कुनै किताबमा फिल्म बनाउने विषयमा निर्देशकले भने, ‘यसको रावणको चरित्र विल्कुलै फरक छ । यो निकै नै प्रेरणादायी छ, तर मलाई थाहा थिएन कि म यसमाथी फिल्म बनाउँछु वा बनाउँदिन । किताबका अलवा उनले मलाई एक कहानी सुनाएका थिए, जुन अहिलेसम्म कागजमै सिमित छ । म यसबाट निकै प्रभावित छु । त्यसैले म यसलाई बनाउन चाहन्छु तर हेरौं के हुन्छ ?’
उनीसँग जब यसको कहानीको विषयमा सोधियो तब उनले भने, ‘म अहिले नै यसको खुलासा गर्न चाहन्न ।’