मंसिर १५ गतेलाई रिलिज डेट फाइनल गर्दै निर्माण कम्पनी चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइले चलचित्र ‘ह्याप्पी डेज’ को टीजर सार्वजनिक गरेको छ । प्रियंका कार्की, दयाहाङ राई र संजय जुप्ता फिचरिङ सार्वजनिक टीजरबाटै चलचित्रको मेकिङ स्पष्ट झल्किन्छ । सम्पूर्ण छायांकन बेलायतमा गरिएको ‘ह्याप्पी डेज’ को टीजरले दयाहाङ र संजयमध्ये प्रियंका कसकी हुन्छिन् भन्ने खुलाएको छैन । प्रियंका दयाहाङ र संजयको प्रेममा छिन् तर टीजरको अन्तिम दृश्यमा प्रियंकाको हातमा दया र संजयमध्ये कोहिँ एकले औँठी लगाइदिएका छन् । चलचित्रमा प्रियंकाले यूकेमा बस्ने एक यूवतीको भुमिका निर्वाह गरेकी छन् । यूके आइडी होल्डर केटीको प्रेममा दुई नेपाली युवा पर्छन्। पढ्दै पैसा कमाउने उद्देश्यले विदेशिएकाहरु प्रेममा परेपछि सिर्जना हुने अवस्था नै चलचित्रको विषय हो। मिलन चाम्स निर्देशित चलचित्र “ह्याप्पी डेज” मा तारा प्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको द्धन्द्ध, रामकुमार केसी र कोलिन पिकक् को छायाँकन, अर्जुन जिसीको सम्पादन, गिरीराज घिमिरेको सह–निर्देशन रहेको छ ।