बिहीबार सोल्टी होटलमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको व्रतबन्ध भोजमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएपछि यो विषयको चर्चा अहिले मिडियादेखी चिया पसलसम्म छ । अझ राष्ट्रपति भण्डारीलाई बाटो देखाउँदै ज्ञानेन्द्रले भोज आयोजना भएको स्थलमा लैजादै गरेको तश्वीर त झन अहिले सोसल मिडियामा खुबै भाइरल बनिरहेको छ । ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको व्रतबन्ध भोजमा राष्ट्रपतिसहित देशका विभिन्न र्शिष नेताहरुदेखी नेपाली चलचित्रक्षेत्रका चर्चित अनुहारहरुको समेत उपस्थिती रहेको थियो । राष्ट्रपति भण्डारी सहभागी भएका कारण उक्त व्रतबन्ध भोजमा अरु को को पुगेका थिए भन्ने कुराहरुको मिडियामा खासै चर्चा भएन । तपाईहरुलाई बताइदिउँ कि उक्त व्रतबन्ध भोजमा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरुको बाक्लो उपस्थित थियो । पूर्वराजा ज्ञानेन्द्रले नेपाली चलचित्र क्षेत्रका विशिष्ठ व्यक्तिहरुसँगै संगीतक्षेत्रका विभिन्न हस्तीहरुलाई समेत निमन्त्रण गरेका थिए । पूर्वराजाको निम्तो स्वीकार गर्दै हृदयेन्द्रको व्रतबन्ध भोजमा नेपाली मूलकी बलीउड अभिनेत्री मनिषा कोइरालादेखी शम्भुजित बास्कोटा, राजेश हमाल, कोमल वली, दीपकराज गिरी, दीपाश्री निरौला, शिव श्रेष्ठ, हरिहर शर्मा, बसुन्धरा भुसालसम्म पुगेका थिए ।