सुपरस्टार रजनीकान्तले कमल हासन सबैभन्दा रिसाह व्यक्ति भएको बताएका छन्, जबकी उनका स्वर्गीय भाई चन्द्र हासन उनको क्रोधलाई नियन्त्रण गर्न सक्थे । हालैमा लण्डनमा हाट्अट्याकका कारण ८२ बर्षिय फिल्म निर्माता चन्द्रको निधन भएको थियो । उनको श्रदाञ्जली सभामा रजनीकान्त पनि सहभागी भएका थिए ।
चन्द्र आफ्नो भाई कमल हासनको प्रोडक्शन हाउस ‘राज कमल फिल्म इन्टरनेशनल’ मा महत्वपूर्ण भूमिका काम गरिरहेका थिए । एक भावनात्मक संदेशमा रजनीकान्तले भने, ‘‘मैले अहिलेसम्म कमल हासन जस्तो रिसाह व्यक्ति देखेको छैन । तपाईहरुले उसको रिस १० प्रतिशत मात्र देख्नु भएको छ । मैले १०० प्रतिशत देखेको छु । यसैले म उसबाट निकै सजक रहन्छु । चन्द्र हासन नै उसलाई सधै नियन्त्रणमा राख्ने गर्थे । ’’ रजनीकान्तले अगाडी भने, ‘मैले कमल हासनका भाईसँग दुई तीन पटकमात्र भेट गरेको छु तर मलाई यो लागेको थियो कि चन्द्रमा अभिनेताको ताकत थियो ।’