अभिनेत्री परिणीति चोपडाको नयाँ फिल्म ‘मेरी प्यारी बिंदू’ चाँडै सिनेमा घरहरुमा रिलिज हुँदैछ । उनले एक अन्तर्वार्ताको क्रममा भनेकी छिन् कि उनलाई कहिले पनि लागेको थिएन कि आफु हिरोइन बन्छु । बर्ष २०११ मा आएको फिल्म ‘लेडीस वर्सेस रिकी बहल’ मा दमदार अभिनय गरेर चौतफी चर्चा कमाएकी परिणीतिले ‘इशकजादे’, ‘शुद्ध देसी रोमान्स’, ‘हंसी तो फसी’ र ‘दावत(ए(इश्क’ मा काम गरिसकेकी छन् ।
आफ्नो फिल्मी सफरको कुरा गर्दै परिणीतिले भनिन्, “मेरो सपना नै थिएन कि म हिरोइन बनुँ र अभिनयमा लागुँ । बस यतिक्कै एक फिल्मका लागि भनेर अभिनयमा लागेँ । तर जब मेरो पहिलो फिल्म रिलिज भयो, तब मैले यो बुझे कि म आफ्नो सपनामा मै बाँचिरहेको रहेछु । मैले हजारौं व्यक्तिहरु मेरो फिल्म हेर्दै, माया गर्दै र मेरो लागि सडकमा आएको देखें । तब मात्र थाहा भयो म अभिनयकै लागि जन्मेको रहेछु ।”
परिणीति बलीउडका ति कलाकारहरु मध्येकी एक हुन, जो मार्क बेनिंगटनको फोटोबाट सजिएको किताब ‘लिविंग द ड्रीम’ मा सहभागी थिइन् । यो किताबमा परिणीतिको जुन फोटो छ, त्यो फिल्म ‘इशकजादे’ को रिलिजपछि प्रशंसकसँग उनले भेट गर्दाको थियो ।