रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर खबर बाहिर आएको थियो कि यो कपल अलग भैसकेका छन् । तर, हालैमा यी दुईलाई एकसाथ स्पोट भएर यो खबरलाई फुल स्टप लगाइदिएका छन् । खासमा, शनिवार करन जौहरको घरमा भएको पार्टीमा रणवीर र दीपिका एकसाथ देखिएका थिए । पार्टीमा रणवीर दीपिका एउटै कारमा पुगेका थिए । क्यामेरामा कैद भएको फोटोमा यी दुई निकै खुसी देखिन्थे ।
पार्टीमा दीपिका व्हाइट इण्डियन आउटफिट र सिम्पल स्ट्रेट हेयर्समा देखिएकी थिइन् भने रणवीर व्हाइट शर्ट र लाइट जीन्समा देखिएका थिए । चाँडै यो कपल सञ्जय लीला भंसालीको अपकमिंग फिल्म ‘पद्मावती’ मा देखिँदैछन्, जसमा शाहिद कपुरको पनि मुख्य भूमिका रहेको छ ।