सुरुवाती हप्तादेखी नै कलर्स टिभीको शो ‘नागिन २’ टिआरपी चार्टमा आफ्नो बादशाह कायम गरिरहेको छ । अहिलेसम्म कुनै पनि टिभी शो यो नम्बरमा टिकिरहन सकेका छैनन् ।
अब ‘नागिन २’ र मौनी रोयका फ्यानका लागि नराम्रो खबर बाहिर आएको छ । खबरका अनुसार, नागिन शो अब चाँडै बन्द हुँदैछ ।
एक इन्टरटेन्मेन्ट पोर्टलको सोर्सका अनुसार, लिमिटेड शो भएका कारण नागिनको यो सीजनको कहानी सकिएको छ । यो शो पुनः दिपावलीबाट सुरु हुने बताइएको छ किनकी यो शो कलर्स टिभीमा अहिलेसम्मकै सबैभन्दा बढी टप टिआरपी रेटेड शोमध्येको एक हो । च्यानल नोभेम्बरसम्म ‘नागिन’ को तेस्रो सीजन अन एयर गर्ने तयारीमा रहेको छ । अब नागिनको नयाँ सीजनका लागि एकता कपूर र उनको टीम नयाँ अनुहारमाथी विचार गरिरहेको छ ।
यो शोमा शिवांगी (मौनी रोय) आफ्नी आमा शिवंयाका हत्यारासँग बदला लिनेछिन् र यस कारण यो शो बन्द हुन लागको हो । ‘नागिन २’ मा मौनी रोय, करणवीर बोहरा, अदा खान और सुधा चंद्रन प्रमुख भूमिकामा छन् ।