बलिउडको मिस्टर पर्फेक्सनिस्ट आमिर खान एकै अभिनेत्रीसँग दुईपटक काम गर्न चाहँदैनन् । आमिर खान पछिल्लो केही वर्ष देखि यो शुत्रमा काम गरिरहेका छन् । आमिरले अहिले एक अभिनेत्रीसँग दुई भन्दा बढि फिल्ममा काम गरिरहेका छैन् । तर, अब उनी अभिनेत्रीहरुलाई पर्दामा दोहोर्याएर ल्याउने छैनन् । आमिरको आगामी फिल्म ठग्स अफ हिन्दुस्तामा अभिनेत्री अनुश्का शर्मा काम गर्न चाहन्थिन तर आमिर एक अभिनेत्रीसँग दुईपटक काम गर्न चाँहदैनन् । आमिरको फ्यानहरुले उनलाई फिल्ममा कैटरीना कैफ वा अनुश्का शर्माको साथमा फेरि हेर्न चाहन्छन् तर, सायद उनीहरुले चाहेजस्तो हुने छैन । आमिर कटरिनासँग ‘धुम ३’ मा र अनुश्कासँग ‘पिके’मा काम गरिसकेका छन् । आमिर आफ्नो फिल्ममा हिरोइनलाई दोहोर्याउनेमा विश्वास राख्दैनन् । उनी आफ्नो फर्मुलालाई कायम राख्न चाहन्छन् ।
‘ठग्स अफ हिन्दूस्तान’मा आमिरको साथमा बलिउडका महानायक अमिताभ बच्चन पनि मुख्य भूमिकामा देखिने छन् । फिल्ममा अमिताभ पिता र आमिर उनको छोराको भूमिकामा देखिनेछन् ।
फिल्मको हिरोइनको लागि हालै अभिनेत्री श्रद्धा कपूरले अडिसन दिएकी छिन् तर अहिलेसम्म हिरोइनको फाइनल भइसकेको छैन् ।