वसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘मेला’ को सम्पुर्ण छायांकन सकिएको छ । चलचित्रमा समावेश एक गीत खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक निरौलाले जानकारी दिए । चलचित्रको एक गीत बाहेकको सबैजसो छायांकन विरगंज र हेटौंडामा गरिएको थियो । ३५ दिनमा सबै छायांकन सकिएको निर्देशक निरौलाले बताए । दुई दिन पहिले ‘यो मुटुमा तिम्रै बास…’ बोलको गीत खिच्न निर्माण टिम तथा कलाकार सहितको टोली मुडे पुगेको थियो । चलचित्रका मुख्य अभिनेता आमेश भण्डारी र अभिनेत्री अशिष्मा नकर्मीमाथी फिल्मांकन गरिएको उक्त गीतमा पवित्रा आचार्यले कोरियोग्राफी गरेकी छिन् । पवित्राले यही चलचित्रको गीतबाट कोरियोग्राफीमा हात हालेकी हुन् । यसअघि आधा दर्जन बढी नेपाली चलचित्रमा उनले मुख्य भूमिका निर्वाहा गरेकी छिन् । चलचित्रमा समावेश तीन वटै गीतमा उनकै नृत्य निर्देशन छ । आमेश र अशिष्मासँगै निरज श्रेष्ठ र सलोन बस्नेतको लिड अभिनयमा रहेको चलचित्रमा संगीत अर्जुन पोखरेलको छ । दिव्य सुवेदीलको छाया्रकन गरिएको चलचित्रमा हरी पन्तको कथा, अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । चलचित्रका निर्माता मनोज के मरोडिया हुन भने हरी पन्त प्रतकर्ता हुन् ।