जेठ १२ गतेलाई रिलिज डेट लक गरिएको चलचित्र ‘हिटलर’ को पहिलो रोमान्टिक गीत रिलिज भएको छ । ‘खुशीहरु बढ्दै जान्छ’ बोलको गीतको भिडियोबाटै चलचित्रको मेकिङ स्पष्ट देखिन्छ । पोखराको रारा तालमा खिचिएको गीतको भिडियो उत्कृष्ट छ । भिडियोमा चलचित्रका मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको छ । कमेडी तथा लभस्टोरी बिषयमा बनेको यो चलचित्रको ट्रेलर भने अहिलेसम्म रिलिज भएको छैन । चलचित्रमा मेनुका प्रधान, ए गुरुङ, दिवस धिताल लगायतका कलाकारको पनि अभिनय छ । सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको संगीत छ । चलचित्रमा पटकथा तथा निर्देशक सौरभ ढकालको छ । किचमान चित्रकारको कथा रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अरुणराज पौडेलको छायांकन, सूर्य थोकर लामाको एक्सन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ ।
चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामविर मानन्धर र मनिराम मानन्धर हुन् ।