चलचित्र निर्माता तथा निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विजयी भएका छन् । उनले ५६ भोट मत प्राप्त गर्दै विजयीको माला लगाएका हुन । कुल ९९ जना मतदाता मध्ये ६ भोट बदर भएको थियो । सुपरहिट चलचित्र ‘कोहिनूर’ का निर्देशक समेत रहेका आकाश बस्तुगततर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन । १४ जनाका लागि भएको प्रतिस्पर्धामा २७ जनाले उम्मेदवारी दिएका थिए । वर्तमान चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका आकाशले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विजयी भएपछि पत्रकारहरुसँग सक्षिप्त कुरा गर्दै अब आफु चलचित्र क्षेत्रलाई उद्योगको रुपमा परिणत गर्ने र चाँडो भन्दा चाँडो बक्सअफिस लागू गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।