जेठ ५ गतेलाई रिलिज डेक लक गरेको चलचित्र ‘डायरी’ को ‘माया माया’ बोलको गीतको कभर भिडियो तयार भएको छ । अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा युवा पुस्तामा लोकप्रिय कार्टुन क्रिउले कभर भिडियो बनाएको हो । अनिल योञ्जनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘डायरी’ मा रेखा थापा, छुल्ठिम गुरुङ र नव-नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ ।
केही दिन अगाडी रिलिज ट्रेलरबाटै प्रतिक्षित बनिरहेको चलचित्र ‘डायरी’ मा नायिका रेखा थापा पहिलो पटक भिलेनको अवतारमा प्रस्तुत हुँदैछिन् ।