ओस्कार विजेता गायिका अडेलले आफ्नो आवाजलाई सुरिलो बनाउन पिज्जा खान छोडिदिएकी छिन् । एक हलीउड अनलाइनको खबर अनुसार २८ बर्षिय ब्रिटिश गायिकाले आफ्नो आवाज सुरिलो बनाउनका लागि पनिर र टमाटरबाट बनेको कुनै पनि खाना खाने नगरेको बताएकी छिन् । उनले यस्तो खानाले आवाज खराब हुने एक अन्तर्वार्तामा बताइन । अडेलले भनेकी छिन्, ‘अब म पिज्जा खान्नँ । यो कति खराब हो ? किनकी यो टमाटरबाट बनाइने गरिन्छ, जुन तपाईको गलाको लागि पनि खराब हो । यो गलाका लागि निकै खराब भएका कारण मैले पिज्जा खान छोडेको हुँ ।’ केही समय अगाडी खबर आएको थियो कि अडेलले बेवर्ली हिल्समा ९५ लाख डलरमा एक आलिशान घर किनेकी छिन् ।