‘नाई नभन्नु ल’ फिल्मको सफलता पुर्वक चौथो सिरिजसम्म निर्माण गरी सफलता चाखेका निर्देशक निर्माता विकासराज आचार्यले अब पाँचौ सिरिज पनि बनाउने भएका छन् । मंगलबार परेको आफ्नो जन्मदिनको अबसरमा आचार्यले ‘नाई नभन्नु ल ५’ निर्माणको घोषणा गरेका हुन् ।
उनले यो फिल्म बर्ष २०७४ को अन्त्यमा रिलिज गर्ने समेत घोषणा गरिकेका छन् । फिल्ममा लिड अभिनेतामा अनुभव रेग्मी हुनेछन् । अनुभव पक्का हुँदा अन्य कलाकार भने को हुने टुंगो छैन् । आचार्यले अहिले स्कृप्टको काम भईरहेको बताएका छन् ।
अनुभव नाई नभन्नु ल का सबै सिरिजमा काम गरिसकेका छन् । गीत संगीतकै कारणले हरेक सिरिजले रिलिज पहिले नै छुट्टै माहोल बनाउँदा व्यापारिक रुपमा पनि सफलता पाएका थिए । आचार्य दर्शक रुवाउने निर्देशकका रुपमा पनि चिनिन्छन् ।