पछिल्लो पटक फिल्म ‘लभ सासा’मा अनस्कृन रोमान्स गरेका अभिनेता कर्मा शाक्य र अभिनेत्री केकी अधिकारीले पुनः जोडी बाँध्ने भएका छन् । बन्न लागेको फिल्म ‘महानगर’मा यी दुई एकसाथ देखिन लागेका हुन् ।
मोहन राईको निर्माण तथा निर्देशन रहने फिल्मले महानगरको कथा बोल्नेछ । महानगर प्रवेशसँगै युवा युवतीले गर्नुपरेका संघर्षका कथा फिल्मले पेस गर्नेछ । फिल्मको जनरा लभस्टोरी नै हो ।
फिल्म फ्लोरमा जाने मिति तय भईसकेको छैन् । ‘लभ सासा’मा केकी र कर्माको जोडी जमेको थियो । औसत विजनेस गरेको फिल्ममा यी दुई कलाकारको कामलाई हेर्नेजति दर्शकले मन पराएका थिए ।