नेपाल चलचित्र संघको दुई महिना पहिले सम्पन्न अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका प्रदिप कुमार उदयले बिहिबार पदभार ग्रहण गरेका छन् । संघको कार्यालय विशालनगरमा आयोजित एक कार्यक्रमका बीच उदयले निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट गोपनियताको सपथ खाँदै जिम्मेवारी सम्हालेका हुन् ।
पदभार ग्रहण पश्चात कार्यक्रममा बोल्दै उदयले आफ्नो कार्यकालका दुई प्राथमिकता मात्र रहेको बताए । चलचित्र उद्योगलाई व्यवसायिक, मर्यादित त सम्मानित बनाउन आफ्नो पहलकदमी हुने उनको भनाई छ ।
चलचित्र सम्बद्ध सबै संघ संस्थासँग सहकार्य र एकता गर्दै अघि बढ्ने भन्दै त्यसो हुँदा मात्र पछिल्लो समय चलचित्र क्षेत्रमा बढ्नो आकर्षण र लगानी उपलब्धिमुलक बन्ने उनको भनाई थियो । एकले अर्काको अस्तित्व स्विकार गर्न नसकेकै कारण फिल्म उद्योग तल परेको उनले जिकिर गरे ।
वक्स अफिस लागु हुने विषयमा चलचित्र संघ अनि वितरकहरुको बिमती रहेको भन्ने कुराको खण्डन गरेका उदयले यो काममा पनि अस्तित्व स्विकार गर्न नसकेकै कारण वक्सअफिस लागु हुन नसकेको भन्दै आफुहरु सदैं यको पक्षमा रहेको उनले बोले । तर चलचित्र घरलाई चोर को संज्ञा दिँदा सम्म आफुहरु वक्सअफिसको विरोधमै हुने उनको कथन छ ।
उदय नेतृत्वको नयाँ कार्यसमितिलाई निर्माता संघ अध्यक्ष आकाश अधिकारी, कलाकार संघ अध्यक्ष रामकेशर बोगटी, प्राविधिक संघ अध्यक्ष पुस्कर लामा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष न्दिप सापकोटा लगायतले कार्य फलताको सुभकामना दिएका थिए ।