एउटै ‘सट्’ मा सम्पुर्ण छायांकन सहित रिलिजको लागी तयार भएको फिल्म ‘जालो’ को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो । फिल्म जेठ १९ मा रिलिज हुँदैछ ।
‘वान सट्’ फिल्म ‘जालो’को प्रयोगलाई विश्व मै पहिलो दाबी गरिएको छ । निर्माण टिम रेकर्डको लागी गिनिज वुकको ढोका ढक्ढक्याउँदै छ । निर्देशक अराज केशवले निकै मेहनल अनि अथक प्रयासमा नयाँ ईतिहास रचेको दाबी गर्दै किर्तिमानको नजिक भएको बताएका छन् । फिल्मको पहिलो प्रिमियरपछि गिनिजमा निवेदन पुग्नेछ ।
ट्रेलर सँगै फिल्मको पोस्टर पनि रिलिज गरियो । ३ घण्टा ५३ लामो अनकट् फिल्मलाई जालो र जालो रिटर्न्सको रुपमा तयार गरिएको छ । पहिलो संस्करण रिलिजपछि विश्व किर्तिमानीको टुंगो लाग्नेछ । फिल्मलाई मोहित मुनालले निर्माण गरेका हुन् । अनुपबिक्रम शाही, रेमनदाश श्रेष्ठ, रविन्द्र खड्का, निराजन प्रधान र मुना गौचन लिड अभिनयमा छन् ।
फिल्म सस्पेन्स तथा थ्रिलर जनरामा बनेको छ । हरि लामा घलेले खिचेको फिल्मले किर्तिमानी कायम गर्दैगर्दा योसँग जोडिएका सबै क्रियू सदस्यको नाममा किर्तिमान बन्नेछ ।