१५ बर्ष लामो समयसम्म सहकार्य गरेका दीपकराज गिरी, दीपाश्री निरौंला र निर्मल शर्मा ‘गैँडा’ बीचको सहकार्य अन्ततः तोडिएको छ । निर्माणको चरणमा रहेको फिल्म ‘छक्का पञ्जा २’ मा निर्मल नरहने पक्का भएको हो ।
टेलि सिरियल ‘तितो सत्य’मा बर्षौंसँगै देखिएका अनि ‘छ एकान छ’ देखि ‘वडा नम्बर छ’ र ‘छक्का पञ्जा’ फिल्ममा कार्यकारी निर्माता रहँदै अभिनयमा पनि देखिएका निर्मल अबको प्रोजेक्ट ‘छक्का पञ्जा २’ मा नरहने पक्का भएको हो । शर्माले यो समाचारलाई पुष्टि गरेका छन् ।
दीपक दीपालाई आफ्नो गुरु समम्झिने शर्माले सबैसँग स्वतन्त्र रहेर काम गर्ने अधिकार रहेको बन्दै पछिल्लो प्रोजेक्टमा आफु नरहने स्पष्ट पारे । दीपक दीपाले निर्देशन निर्माता विकासराज आचार्यसँग पछिल्लो प्रोजेक्टमा टिमअ गर्दैछन् । सँगै नरहँदा सम्बन्ध भने उस्तै रहेको भन्दै भोलीको दिनमा भने पुनः सहकार्य हुनसक्ने कुरा शर्माले जोडेका छन् ।
यसैबीच ‘छक्का पञ्जा २’ मा अर्का कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पनि लगभग नरहने निश्चित छ । पछिल्ला तीन फिल्ममा सहकार्य गरेका धुर्मुस पनि यो फिल्ममा नदेखिने अनि निर्माण सहकार्य नगर्ने भएका छन् ।