जेठ १९ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जोनी जेन्टलम्यान’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘क्याटवाक’ टाइटलको गीतमा पल शाह र निलम चन्द फिचरिङमा छन् ।
बोल्ड अबतारमा प्रस्तुत निलमको पछिपछि पललाई देख्न सकिन्छ । सार्वजनिक गीतमा स्वचित शाक्यको स्वर छ भने संगीत संयोजन हर्कुलस बस्नेत, बृजेश श्रेष्ठ र स्वचित शाक्यले गरेका छन् । भिडियोमा केशव थापा र सरिता रञ्चाललको कोरियोग्राफी छ ।
एनड्रियू पौडेलको लगानी रहेको फिल्ममा पल शाह, आँचल शर्मा, जैना कुवंर लिड अभिनयमा छन् । नितिन चन्दले फिल्मलाई निर्देशन गरेका हुन् ।