लामो समयदेखि घाँटीमा समस्या आई स्वर गुमाउँदै आएका कलाकार दीपक क्षेत्रीको उपचार सुरु भएको छ । मंगलबार नक्साल स्थित हिमाल अस्पतालमा वरिष्ट नाक कान घाँटी विशेषज्ञ डाक्टर विमल सिन्हा नेतृत्वको टोलीले क्षेत्रीको उपचार सुरु गरेको हो ।
दुई हप्ता अघि देखि परिक्षण चरणमा रहेको उपचार प्रक्रिया अन्ततः पहिलो चरणमा सुरु हुँदा मंगलबार बिहान क्षेत्रीको घाँटीको सल्यकृया (वायस्पे) गरियो । डेढ घण्टा लामो सल्कृयापछि क्षेत्रीको घाँटीमा पलाएको मासुको टुक्रा निकाल्दै परिक्षणको लागी ल्याब पठाईएको छ । उक्त परिक्षणको रिपोर्ट आएपछि मात्रै उनलाई के भएको भन्ने पत्ता लाग्नेछ ।
आर्थिक अवस्था नाजुक भएपछि सहयोगको अभावमा बर्षौदेखि रोगले थलिएका क्षेत्रीको उपचारको लागी चलचित्र पत्रकार संघ नेपालले अभियान सुरु गरेको थियो । संघले थालनी गरेको अभियान पश्चात क्षेत्रीको उपचारको लागी देश विदेशमा रहेका नेपालीहरुले हातेमालो गरेका थिए ।
संघका अध्यक्ष सन्दिप सापकोटाले हालसम्म उनको उपचारको लागी देश विदेशबाट गरि ३० लाख रुपैयाँ संकलन भएको जानकारी गराउँदै उपचारमा संलग्न डाक्टरका अनुसार प्रक्रिया अघि बढेको र संभवतः जेठ महिनाको पहिलो सातासम्म उपचार सम्पन्न भईसक्ने जानकारी आएको बताए ।