वैदेशिक कुटनीति अनि तानाशाही शानको बारेमा जानकार राख्ने जो कोहिलाई पनि जर्मनी क्रूर शासक हिटलरको बारेमा थाहा पक्का हुनसक्छ । अब भने सोहि नाम लिएर नेपालमा फिल्म बनेको छ ‘हिटलर’ । जेठ १२ मा रिलिजको तयारीमा छ ।
‘हिटलर’ नाममा फिल्म बनिसक्दा निर्माण टिम भने अहिले तनाबमा छ । कारण हो नाम मिल्नु मात्र । निर्देशक सौरभ ढकाल भन्छन्, ‘हिटलर नाम चर्चामा रहेको अनि सबैले बुझेको भएकै कारण होला, हामीलाई सामाजिक सञ्जालको प्रचारमा समस्या आएको छ , फेसबुकमा पेज खोल्न पनि स्विकृति पाईएन्, युट्युव भिडियोमा पनि उस्तै समस्या आयो ।’
सामाजिक सञ्जालहरुले गलत कामले चर्चामा आएका अनि अमानविय काम गर्ने शब्दहरुलाई प्रायः प्रयोगमा रोक लगाउने गर्छ, त्यसैको निरन्तरता ‘हिटलर’ मा पनि परेको बताईएको छ । तर अहिले चर्चा भने उक्त फिल्मको नाम ‘हिटलर’ किन राखियो भन्ने छ ।
।
यो विषयमा निर्देशक ढकालले भने, ‘चलचित्रको शिर्षक किन ‘हिटलर’ राखियो भन्ने बारेमा दर्शकले हलमै गएर चलचित्र हेरेपछि थाहा पाउनुहुनेछ । तर, चलचित्रको नामको कनेक्शन कथामा छ ।’अष्टनारायण पिक्चर्सको व्यानरमा बनेको फिल्ममा सोहित मानन्धर र सोमिया बर्तौला लिड अभिनयमा छन् ।