काठमाडौं । चर्चित कमेडियन सन्दिप क्षेत्री अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तीते करेली’ बोलको सार्बजनिक म्युजिक भिडियोमा सन्दिपसँगै सन्ध्या भट्टराई र सुनिल क्षेत्रीले अभिनय गरेका छन् ।
भिडियोमा सन्दिपको नृत्यलाई पनि दर्शकले हेर्न पाउनेछन् । सागर राजले निर्देशन गरेको भिडियोलाई कमेडी शैलीमा निर्माण गरिएको छ । सिर्जना थापा परियारको स्वर रहेको गीतमा शब्द र संगीत निर्देशक राजकै छ ।
चितवनमा दुई दिन लगाएर छायाँकन गरिएको भिडियोमा अनिल के मानन्धरको छायाँकन, सुनिल क्षेत्रीको नृत्य, विकास ज्ञवालीको सम्पादन र सुप्रिम पराजुलीको कलर करेक्सन छ ।