फिल्म ‘नोभेम्वर रेन’ पछि अभिनेत्री छुल्ठिम गुरुङ फिल्म ‘डायरी’ मार्फत दर्शकमाझ फर्किँदै छिन् । उनको आफ्नै लगानीमा बनेको पछिल्लो फिल्म यहि जेठ ५ मा रिलिज हुँदैछ । निर्मात्री समेत रहेकी अभिनेत्री भने रिलिज छेकोमा आफु कन्फिडेन्स सुनिईन् ।
मिडियाकर्मीँसंगको भेटमा उनले सुनाईन्, ‘डर भन्ने त एक रत्ति पनि छैन्, फिल्म राम्रो बनेको छ । ट्रेलरलाई दर्शकले रुचाउनु भएको छ । बरु मनमा उत्साह र विश्वास बढेको छ ।’
रिभेञ्ज लभ स्टोरी फिल्ममा छुल्ठिम लभर गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् । ‘अलिक फिल्मी खालको लभर गर्ल हो, सपनाको कुरा गर्ने । डायलग पनि फिल्मी स्टाइलमा बोल्ने’ उनले आफ्नो भूमिका बारे भनिन् ‘तर ऊ एउटा भिजे हो ।’
रेखा थापा भिलेनको भूमिकामा प्रस्तुत भएको ‘डायरी’ मा छुल्ठिमको अपोजिटमा नव नायक सन्नी सिंह प्रस्तुत भएका छन् । फिल्मलाई अनिल योञ्जनले निर्देशन गरेका हुन् । छेतेन गुरुङले कथा लेखेका छन् ।
निर्देशन रहेको फिल्मको कथा तथा लेखा छेतेन गुरुङको हो । ‘डायरी’ जेठ ५ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।