काठमाडौं । फिल्म ‘म यस्तो गीत गाउँछु’की नायिका पुजा शर्माको जन्मदिनको मौका छोप्दै फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको छ । आईतवार राजधानीमा ‘भन्छु आज’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।
उपल्लो मुस्ताङमा छायांकन गरिएको गीतमा पूजा शर्मा र पल शाहको रोमान्स हेर्न पाइन्छ । सुदर्शन थापाको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत र सुगम पोख्रेल तथा अन्जु पन्तको स्वर सुन्न पाइन्छ । गीतमा कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी छ ।
सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर रानालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ ।