बर्ष २०७२ को सफल फिल्म ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’ रिलिजको तयारीमा छ । श्रावण १३ लाई प्रदर्शन मिति तय गरेको फिल्मको केहि दिन पहिले टाईटल गीत रिलिज गरियो । ‘कहानी यो प्रेमगीतको’ बोलको गीत अहिलेसम्म युट्युवमा साढे १४ लाख बढि पटक हेरिएको छ ।
अब भने निर्माण टिमले प्रचारलाई फाइदा पुग्ने अनि नव प्रतिभा खोज्ने उद्देश्यले उक्त गीतको कभर गीत प्रतियोगिता गर्ने भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच कभर प्रतिस्पर्धा गर्ने र विजेतालाई २ लाख पुरस्कार दिने घोषणा गरियो ।
यो प्रतिस्पर्धामा संसारको जुनसुकै ठाउँबाट पनि ईच्छुकले गीत गाएर युट्युवमा अपलोड गर्न सकिने निर्माण टिमले बताएको छ । तर युट्युवमा अपलोड गरेको लिङ्कसँगै व्याक्तिगत विवरण भने निर्माण ब्यानर आशुशेन फिल्मस् को ईमेल (aasusenfilms@gmail.com)मा पठाउनुपर्ने छ । यो प्रतिस्पर्धाको समय अवधि बैशाख १८ देखि असार २० सम्मलाई राखिएको छ ।
यसअघि ‘प्रेमगीत’ फिल्मको शिर्ष गीतको पनि यो प्रकारको प्रतिस्पर्धा गर्दै आशुशेन फिल्मस् ले विजयीलाई पुरस्कारसँगै सिक्वेलमा स्वर भर्ने अबसर दिएको थियो । सन्तोष सेन निर्माता रहेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका छन् । प्रदिप खड्का र अश्लेशा ठकुरी लिड अभिनयमा छन् ।
यस्तो छ टाईटल गीतः