मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’को ‘कटप्पाले बाहुबलीलाई किन मा¥यो’ भन्ने कुराको रहस्य गत शुक्रबारबाटै खुलीसकेको छ । तर फिल्मलाई मनपराउनेहरुका लागि एउटा कुरा अझै रहस्यकै गर्भमा छ । त्यो कुरा के हो भने फिल्ममा एक प्रमुख कलाकार भल्लाल देव अर्थात अभिनेता राना दग्गुबती वास्तविक जीवनमा एउटा आँखा देख्दैनन् ।
फिल्ममा आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेका यी अभिनेताका फ्यानलाई अहिलेसम्म पनि उनी एउटा आँखा देख्न सक्दैनन् भन्ने कुराको केही पत्तो थिएन । ‘हो म दाहिने आँखाले केही देख्दिन, एउटा आँखाले देख्न नपाउनु मेरा लागि दुःखको कुरा थियो तर अहिले त्यस्तो दुःख छैन । यो सत्यसँगै खुशी हुन्छु र रहन्छु ।’ उनले भने ।
फिल्ममा दग्गुबती भल्लाल देवको भूीमकामा नकारात्मक चरित्रमा छन् । यस्तो भूमिका केही अभिनेताका लागि पहिचान साबित हुन्छ । जुन अहिले दग्गुबतीका लागि भएको छ ।
उनलाई ‘बाहुबली’को प्रस्ताव २०१२ मा मिलेको थियो । निर्देशक एसएस राजामौलीसँग उनले बाहुबली सिरिजका दुवै फिल्ममा काम गरेका छन् । ‘जब मैले स्क्रिप्ट सुने, त्यही बेला मैले बुझेको थिएँ कि राजामौली यस्तो फिल्म बनाउँदैछन् जस्को कल्पना पनि कसैले गर्न सकेको थिएन । म यस्तै फिल्मको हिस्सा बन्न चाहन्थे । ’ उनले भनेका छन् ।