तीन दिन पहिले रिलिज फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को टिजरले नेपाली युट्युव ट्रेण्डिङमा पहिलो स्थान कब्जा गरको छ । वलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘ट्युवलाईट’को टिजरलाई पछि धकेल्दै ‘ग्याङ्स्टर टिजरले पहिलो स्थान कब्जा गरेको हो ।
हेमराज बिसी निर्देशित फिल्मको टिजरको लोकप्रियता बढ्दो छ । भदौ २ मा रिलिज हुने फिल्मको टिजरलाई अहिलेसम्म युट्युवमा साढे दुई लाख बराबरले हेरेका छन् । तीन हजार बराबरले लाईक गरेका छन् । युट्युवमा आएका सयौं कमेन्टमा धेरेले उत्कृष्ट लेखेका छन् भने हलिउड शैलीको भनेर प्रसंशा गर्नेको पनि कमी छैन् ।
डेब्यू ब्वाई आशिरमान देशराज जोशीलाई आशाको किरण मानिएको छ भने केहि बर्ष पहिले रिलिज ‘जेरी’ फिल्मपछि पर्दामा नआएकी आना शर्माको पर्खाईका शब्त पनि व्यक्त छन् । फिल्ममा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाहि ठकुरी, प्रमोद अग्रहरी लिड अभिनयमा छन् । सरोज न्यौपानेले निर्माण गरेका हुन् ।