रिलिजको संघारमा आउँदा फिल्म ‘लालटिन’ युनिटले प्रचार प्रसारलाई तिब्रता दिईरहेको छ । जेठ २६ मा प्रदर्शनमा आउने फिल्म यतिबेला सामाजिक सञ्जालमा हटकेक बनिरहेको छ । फेसबुक, टुईटर, ईन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल ‘लालटिन’ पोतिएका तश्विरहरुले भरिएका छन् ।
यो बीचमा ‘लाल्टिन’ टिमले सामाजिक काममा पनि हात अघि बढाएको छ । शनिबार राजधानीको पशुपति, संकटा लगायतका क्षेत्रमा रहेका बृद्ध, असहायहरुलाई कपडा वितरण गरियो । उक्त कर्यक्रममा चलचित्रका निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी, कलाकारहरु निर्जन थापा, राज कटुवाल साथै गायक बिनोद ढकाल लगायत अन्य टिमको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै ‘लाल्टिन’ टिमका सदस्यहरुले यस खालका समाजसेवालाई अन्य दिनमा पनि निरन्तरता दिने बताए । देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग साही, जनक बर्तौला, ए. गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।