निखिल उप्रेती पहिलो पटक भिलेन अबतारमा प्रस्तुत भए फिल्म ‘रुद्र’मा । आफ्नै लगानी अनि निर्माण कम्पनिबाट तयार भएको फिल्ममा उनि आफु भिलेन बन्दा अनि अभिनेतामा विश्व र अभिनेत्रीमा सारा सिर्पालीलाई डेब्यू पनि दिएका छन् । फिल्मको चैत्र महिनामै रिलिज तोकियो साउन २० लाई । यो मितिमा केहिदिन सम्म कोहि पनि फिल्मले ‘रुद्र’सँग भिड्न आटेँका थिएनन् तर अन्ततः फिल्मले प्रतिस्पर्धी पाएको छ फिल्म ‘भुईंमान्छे’लाई ।
केहि दिन पहिले आयोजित एक कार्यक्रमका बीच ‘भुईंमान्छे’ टिमले रिलिज मिति घोषणा गर्दै ‘रुद्र’सँग भिडन्त पक्का गर्यो । यो फिल्ममा भलिबलकी स्टार प्लेयर पोखरेली सुन्दरी सिपोरा गुरुङ लिड अभिनयमा छिन् । नेपाली भाषाको लागी उनको यो डेब्यू फिल्म पनि हो । जहाँ भेट्रान कलाकार रमेश बुढाथोकी सिपोराको अपोजिटमा छन् ।
नवराज बुढाथोकीले निर्देशन गरेको फिल्मलाई मुख्यतः मल्टिप्लेक्स तार्गेटेड भनिएको छ । फिल्मले पोष्टमार्टमको कथा बोल्छ । त्यसैले पनि निखिललाई सिंगल स्कृनको बादशाह मान्दा मल्टिप्लेक्समा राज गर्ने अनुमान ‘भुईंमान्छे’ टिमको हुनसक्छ । तर निखिल आफु भन्दा पनि प्राथमिकता राईजिङ स्टार विश्व र सारालाई दिँदै गर्दा ‘रुद्र’लाई मल्टिप्लेक्समा राम्रो स्थान मिलाउन भर मग्दुर प्रयास गर्नेछन् । त्यसैले यो फिल्म पनि सिंगल र मल्टिप्लेक्स दुबैमा लाग्दा भिडन्त राम्रो हुनसक्छ । जहाँ पहिलो फिल्म रिलिज पहिले नै अर्को प्रोजेक्ट ‘पिंजडा व्याक अगेन’ गरिसकेकी अभिनेत्री सारा र सिपोराको डेब्यू भिडन्त रोमाञ्चक बन्ने अनुमान छ ।