मुम्बई(एजेन्सी) । गत वर्ष रिलिज ब्लकब्लष्टर फिल्म ‘दंगल’मा गीता फोगटको भूमिका निभाएर रातारात स्टार बनेकी फ़ातिमा सना शेख बलिउडका लागि नयाँ हुन् । तर फिल्म क्षेत्रमा उनको उपस्थिति निकै पुरानो जस्तो लाग्छ ।
‘दंगल’मा आमिर खानको छोरीको भूमिका निर्वाह गरेकी फातिमा हालै यशराजको आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा अनुबन्धित भएकी छन् । जसमा आमिर खान र अमिताभ बच्चन प्रमुख भूमिकामा छन् । अहिले यहाँ चर्चा फातिमाको फिल्मी करियर भन्दा पनि उनको ग्ल्यामर छविको गरिँदैछ ।
उनले हालै मात्र समुद्री तटमा खिचेको हट फोटोले सामाजिक सञ्जालमा यतिखेर राम्रो चर्चा पाइहेको छ । कालो रंगको स्विमसूटमा देखिएकी फातिमा निकै चमकदार देखिएकी छन् । समुद्र तटको पृष्ठभूमिमा उनी निकै हट देखिन्छिन् । एक प्रेरणादायक फिल्मबाट आफ्नो करियर शुरु गरेकी फातिमा यो फोटोसुटलाई माध्यम बनाएर उनी आफु एक स्टार रहेको प्रमाणित गर्न चाहेको फल्म विश्लेषकहरुको बुझाई छ ।