केही दिन अगाडी चलचित्र ‘वीर विक्रम’का निर्देशक मिलन चाम्स र नायिका दीया पुनले उपराष्ट्रपति नन्द बहादुर पुनसँग भेट गरि फिल्म हेरिदिन आग्रह गरेका थिए । भेटमा उपराष्ट्रपतिले नायिका पुनलाई शुभकामना दिँदै ‘वीर विक्रम’ हेर्ने बचन दिएका थिए । त्यसैले वुधबार उपराष्ट्रपति पुन चलचित्र ‘वीर विक्रम’ हेर्न काठमाडौंमा रहेको बीग मुभिजमा देखिए । निर्माणपक्षले आयोजना गरेको स्पेशल शोमा उपराष्ट्रपति सपरिवारसँग ‘वीर विक्रम’ हेर्न बिग मुभिजमा देखिएका थिए । कडा सुरक्षाका बिच आयोजना गरिएको स्पेशल शो हेर्न प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाल ‘बलदेव’ लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । फिल्म हेरेपछि उपराष्ट्रपतिले छोटो प्रतिक्रिया दिँदै भने -‘वीर विक्रम अर्गानिक बनेको छ ।’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको स्पेशन शोमा चलचित्रका सम्पूर्ण कलाकारहरु सहभागी थिए । दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन र दीया पुन अभिनित चलचित्र वीर विक्रममा कमेडी, प्रेम, विछोडको कथा समेटिएको छ ।