दुई बर्ष पहिले रिलिज फिल्म ‘प्रेमगीत’को सिक्वेल आउँदो साउन १३ मा रिलिज हुँदैछ । फिल्ममा समावेश दुई गीत सार्वजनिक भइसक्दा लोकप्रियता बढाउने दौडमा छन् । यो बीचमा फिल्मको क्लाईमेक्स छायांकनका केदि तश्विर बाहिरिएका छन् जहाँ अभिनेता भर्सेज निर्माता देखाईएको छ ।
फिल्मको क्लाईमेक्स दृश्यमा कुस्ति खेल्दै गरेको अवस्थामा अभिनेता प्रदिप खड्का र निर्माता सन्तोष सेनलाई देख्न सकिन्छ । जसले निर्माता सेन नै फिल्ममा खलपात्रको भुमिकामा प्रस्तुत भएको बोल्छ ।
‘डू एण्ड डाइ’ फाइटको उपमा दिईएको क्लाईमेक्स दृश्य यतिबेला मिडिया तथा सामाजिक सञ्जालमा चर्चामा छ । सार्वजनिक दृश्यले गत वर्ष रिलिज वलिउड सुपरस्टार सलमान खानको फिल्म ‘सुल्तान’को झल्को दिन्छ ।
रामशरण पाठकले निर्देशन गरेको फिल्मको अभिनेत्रीमा अश्लेशा ठकुरी छिन् । फिल्मको ट्रेलर केहि दिनमा नै सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ।