मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान र उनका भाइ सोहेल स्टारर फिल्म ‘ट्यूबलाइट’मा चिनियाँ नायिका झू झू शीर्ष भूमिकामा देखिँदैछिन् ।यिनै नायिकाले हालै मात्र इन्स्टाग्राममा एक हट फोटो राखिदिएपछि सबैको होसहवास उडेको छ ।
तस्वीरमा उनले आफूलाई टुपीसमा प्रस्तुत गरेकी छन् । जुन तस्वीरहरु निकै हट छन् । फिल्म ‘ट्यूबलाइट’ भारत र चीनबीच सन् १९६२ मा भएको युद्धको पृष्ठभूमिमा आधारित छ । हालका दिनमा उनी निकै चर्चामा छिन् । चर्चामा आउनु पहिलो कारण सलमानसँग बलिउड फिल्ममा देखिनुलाई लिइएको छ । दोस्रो कारण उनको भाइरल भएको हट फोटो छ । जसमा उनलाई बिकिनी पहिरनमा देखिइएको छ । शरीरमा विकिनी लगाएर उनी एक पत्रिका पढिरहेकी छन् ।
कविर खान निर्देशित फिल्म यसै इदको मौका पार्दै जुन २३ मा रिलिज हुनेछ । फिल्ममा सलमान झूझूसँग रोमान्स गरिरहेको भेटिनेछन् । सलमानको भारतीय फ्यानका लागि झू झू नयाँ नाम हो किनकी उनले अभिनय गरेको ‘ट्युबलाइट’ नै पहिलो भारतीय फिल्म हो । चिनियाँ फिल्म उद्योगमा झू झू चर्चित नाम हो ।