वलिउड स्टार गोविन्दाले सन् १९८० को दशकबाट वलिउड यात्रा सुरु गरेका थिए । सोहि समयका वलिउड प्रवेश गरेकी चल्तीकि हिरोईन थिईन् नीलम । फिल्मका एकसाथ काम गर्दा गर्दै यी दुई गहिरो प्रेममा रहेको तथ्य बाहिर आएको छ ।
वलिउड भाष्करले लेखे अनुसार लामो समयसम्म प्रेममा रहेको बखद गोविन्दाले नीलमसँग विहे गर्ने मनस्थिती बनाएका थिए । नीलमको प्रेमा पागल जस्तै बनेका उनको उक्त समय आमाको अवरोधका कारण गोविन्दाको चाहना अधुरो रहेको बताईएको छ ।
गोविन्दाको चाहना एकतर्फ हुँदा आमाले भने निर्देशक आनन्द सिंहकी साली यानी सुनीतासँग विहे गराउन चाहिन् । जुन समय गोविन्दाले आमाको बचन हार्न नसक्दा आफ्नो चाहना तुहाए अनि सुनितासँग नै बिहे गरे ।
आमाको करकापका सुनीतासँग बिहे गरेका गोविन्दाले आफ्नो बिहेको खबर केहि समय लुकाएको बताईन्छ । एकैपटक छोरी टीनाको जन्म हुँदै गर्दा मात्र गोविन्दाले वलिउडमा आफ्नो बिहेको खबर बाहिर ल्याएका थिए ।