मुम्बई(एजेन्सी) । बलिउड पछि हलिउड पनि सफलताको झण्डा गाडेकी बलिउड सुन्दरी नायिका प्रियंका चोपडा सामाजिक सञ्जालमा सबैभन्दा लोकप्रिय सेलिब्रेटी चार्टमा पहिलो नम्बरमा परेकी छन् । उनले ड्वेन जोनसन र विन डीज़ल जस्ता हलिउड हस्तीलाई पछाडि पार्दै आफूलाई पहिलो स्थानमा पु¥याएकी हुन् ।
विदेशी सञ्चारमाध्यमबाट प्राप्त रिर्पोट अनुसार प्रियंकाको फेसबुक, इन्स्टाग्राम, ट्वीटर, युट्युब र गुगल प्लसमा सबैभन्दा लोकप्रिय उपस्थिति छ । सोशल मिडिया एनालिटिक्स कम्पनी एम वी पिन्डेक्सबाट प्राप्त डाटाका आधारमा यो चार्ट तयार पारिएको हो । यी फिल्मी हस्तीको लोकप्रियताको आधार
उनीहरुको सामाजिक संलग्नता र सामािजक सञ्जालमा हप्ताभरमा बढेका फलोअर्स र सब्सक्राइबर्सको संख्यालाई मानिएको छ । प्रियंकालाई उनको अमेरिकी टेलिभिजन रियालिटी शो ‘क्वांटिको’को पहिलो र दोस्रो सिजनमा उनले अभिनयमा देखाएको निखारता र ट्वीटरमा सक्रिय आधारमा नम्बर एकमा राखिएको समाचारमा उल्लेख छ । सूचीमा दोस्रो नम्बरमा ड्वेन जोनसन छन्, जसले प्रियंकासँग फिल्म ‘बेवाच’मा काम गरेका थिए । तेस्रो नम्बरमा अमेरिकाका चर्चित कमेडियन केविन हार्ट छन्। सूचीमा जक एफ्रोन, जिनेफर लोपेज़, विन डीज़ल र गेल गाडोट पनि छन् ।